November 11, 2026, Wednesday
२०८३ कार्तिक २६
1:37:26 pm

तेह्रथुममा लैंगिक तथा घरेलु हिंसा सम्बन्धी सचेतनामूलक सडक नाटक

मेयङलुङ । तेह्रथुमको मेयङलुङमा लैंगिक तथा घरेलु हिंसा सम्बन्धी सचेतनामूलक सडक नाटक कार्यक्रम सम्पन्न भएको छ । ‘लैंगिक हिंसा अन्त्यको शुनिश्चितता महिला र बालबालिकामा लगानीको ऐक्यबद्वता’ नारासहित लैंगिक हिंसा विरुद्वको १६ दिवसीय अभियान अन्तर्गत सडक नाटक कार्यक्रम गरिएको हो ।

शुक्रबार बिहान जिल्ला प्रहरी कार्यालय र मेयङलुङ र नगारपालिकाको समन्वयमा नगरपालिकाको वडा नं. २ टुडिखेलमा सम्पन्न कार्यक्रमका प्रमुख अतिथि जिल्ला तेह्रथुमका प्रमुख जिल्ला अधिकारी रहेका थिए ।

कार्यक्रममा नगारपालिकाका प्रमुख, उपप्रमुख, जिल्ला प्रहरी कार्यालय तेह्रथुमका प्रमुख प्र.ना.उ., विभिन्न सरकारी तथा गैरसरकारी संघ संस्थाहरु, स्थानीय बुद्दीजिवी, समाजसेवी, पत्रकार, पुरुष महिला तथा बालबालिकाहरुको उपस्थिति रहेको थियो ।

Advertisement