काठमाडौं। स्कुल अफ फिलसफि स्टडीले विश्व मानव अधिकार दिवसको अवसरमा अन्तरकृया कार्यक्रम सम्पन्न गरेको छ । काठमाडौं बानेस्वरस्थित मदन भण्डारी स्कुल अफ एसियाको कार्यालयमा एक कार्यक्रमको आयोजना गरी विश्व मानव अधिकार दिवसको सन्दर्भमा अन्तरक्रिया गरेको हो ।
कार्यक्रममा ‘स्कुल अफ फिलसफि स्टडी’का विज्ञ प्राध्यापक डाक्टर केशवराज खड्का र नेकपा एकीकृत समाजवादीका बाग्मती प्रदेश अध्यक्ष सावित्रा भुसालले विश्व मानव अधिकारको अवस्था चुनौतीका बारेमा जानकारी गराएका थिए ।
हरेक वर्ष १० डिसेम्बरको दिन नेपालसहित विश्वभर विश्वभर मानव अधिकार दिवस मनाउने गरिन्छ । मानवीय मूल्य, मान्यता, मानव सभ्यता तथा मानव अधिकार संरक्षण प्रतिको प्रतिबद्धता लोकतान्त्रिक व्यवस्था, दिगो शान्ति र विकासको आधारस्तम्भ रहेको तथ्यलाई स्वीकार गर्दै संयुक्त राष्ट्र संघको महासभाले १० डिसेम्बर, १९४८ का दिन मानव अधिकारको विश्वव्यापी घोषणापत्र जारी गरेको थियो।
मानव अधिकारको विश्वव्यापी घोषणापत्र जारी गरिएको यसै दिनको सम्झना स्वरूप प्रत्येक वर्ष आजको दिनलाई विश्व समुदायले महत्वपूर्ण दिवसको रूपमा मनाउँदै आएको छ ।