November 11, 2026, Wednesday
२०८३ कार्तिक २६
1:37:26 pm

आफ्नै घरको इनारमा डुबेर मृत्यु

काठमाडौं । भक्तपुरमा इनारमा डुबेर एकजनाको मृत्यु भएको छ। चाँगुनारायण नगरपालिका-९ ताथली राममन्दिर बस्ने ५२ वर्षीय राम खड्का आफ्नै घरको इनारमा मृत फेला परेका हुन् ।

प्रहरीका अनुसार मंगलबार बिहान ८ बजेतिर उनी घरमा चिया खाएर निस्केका थिए। त्यसपछि सम्पर्कमा नआएपछि २४ वर्षीय छोरा कन्चनले खोजी गर्दा आफ्नै घरको इनारमा मृत फेला परेको देखेका थिए ।

उनले इनारमा मृत फेला परेको देखेपछि प्रहरीलाई खबर गरिएको थियो। उक्त खबर पछि प्रहरी वृत्त जगाती भक्तपुरबाट टोली खटिएको थियो। 

Advertisement

प्रहरीले यस घटनाको अनुसन्धान गरिरहेको छ।