धनकुटा । जिल्लाको नगरपालिका ४ कर्मीटारमा आगलागी हुँदा दुईवटा घरमा क्षति पुगेको छ । आइतबार स्थानीय विश्वबन्धु थापाको गाइगोठबाट सल्किएको आगोले थापासहित छिमेकी काजीमान थापाको घरमा क्षति पुगेको हो ।
प्रहरीका अनुसार विश्वबन्धुको घरसँगै रहेको गोठमा गाइवस्तुलाई खोले पकाउने क्रममा आगो अनियन्त्रित भइ सल्किएको हो। आगलागीबाट विश्वबन्धुको घर भित्रका खाद्यन्न, लत्ताकपडा भाडाकुँडा क्षति पुगेको छ । काजीमानको घरको एक कोठामा मात्र क्षति भएको प्रहरीले जनाएको छ ।
प्रहरीका अनुसार घटनामा करिब दुई सय कुखुरा तथा केहि खसी बाख्रा मरेका छन् ।