August 29, 2026, Saturday
२०८३ भाद्र १३
1:37:26 pm

भुकम्पपीडित राहत कोषमा प्रवासी नेपाली एकता मञ्च भारतद्वारा सहयोग रकम जम्मा

काठमाडौं । प्रवासी नेपाली एकता मञ्च भारतले नेकपा ( एकीकृत समाजवादी ) को भूकम्पपीडित राहत कोषमा एक लाख ३५ हजार २ सय रुपैयाँ जम्मा गरेको छ । 

जाजरकोटमा गएको भूकम्पपीडितहरूको लागि पार्टीले स्थापना गरेको राहत कोषमा प्रवासी नेपाली एकता मञ्च भारतले महाराष्ट्र गुजरात संयुक्त राज्य समिति, कर्नाटक केरला संयुक्त राज्य समिति, दिल्ली राज्य समिति ,उत्तर प्रदेश राज्य समिति, तामिलनाडु राज्य समितिबाट संकलित रकम राहात कोषमा जम्मा गर्न पार्टीलाई हस्तान्तरण गरेको प्रवासी नेपाली एकता मञ्च भारतका  महासचिव कटक शाहीले बताए ।

Advertisement