November 11, 2026, Wednesday
२०८३ कार्तिक २६
1:37:26 pm

युएईबाट काठमाडौं आएको विमानको शौचालयमा नवजात शिशु मृत फेला

काठमाडौं । युएईबाट काठमाडौं आएको विमानको शौचालयमा नवजात शिशु मृत भेटिएको छ ।
बिहिबार बिहान ९ बजे युएईको सारजाहबाट त्रिभुवन विमानस्थलमा अवतरण गरेको एयर अरेबिया जहाजको शौचालयमा शिशु मृत भेटिएको हो ।

एक महिला यात्रुले विमानको शौचालयमा बच्चा जन्माएको पाइएको र सो महिला पक्राउ गरी अस्पताल लगिएको जनाइएको छ ।

शिशु हेर्दा समय नपुगी जन्मेको जस्तो देखिन्छ ।घटनापछि प्रहरीले शिशु र ती महिला दुवैलाई अस्पताल पुर्‍याइएको स्रोतले जनाएको छ ।

Advertisement