August 30, 2026, Sunday
२०८३ भाद्र १४
1:37:26 pm

बझाङमा ५० थान पाल हस्तान्तरण

काठमाडौँ। नेकपा (एकीकृत समाजवादी) काठमाडौँ महानगर कमिटीले बझाङ २६ पाथिभरा गाउँपालिका १ को मटेला बगडेगाउँका लागि ५० थान पाल हस्तान्तरण गरेको छ।

बिहीबार पार्टीको केन्द्रीय कार्यालय ओलोकनगरमा पार्टी अध्यक्ष माधवकुमार नेपालको उपस्थितिमा महानगरकमिटीले मटेलाका दलित, महिला, एकल महिला र ओझा समूदायका लागि शिक्षा समितिका सभापति तथा बझाङबाट निर्वाचित प्रतिनिधिसभा सदस्य भानुभक्त जोशीमार्फत हस्तान्तरण गरेको हो।

हस्तान्तरण कार्यक्रममा पार्टी सचिव जीवनराम श्रेष्ठ, नेता मोहम्मद ताज मियाँ, बझाङ इन्चार्ज वीरेन्द्र भण्डारी, केन्द्रीय सदस्य सीता ओझा, काठमाडौँ-बझाङ सम्पर्क मञ्चका सल्लाहकार दिपक ओझा, पार्टीका युवा नेता नितेश पौडेल, महानगर कमिटीका अध्यक्ष रामेश्वर श्रेष्ठलगायतका नेताहरूको उपस्थिति रहेको थियो।

Advertisement