August 29, 2026, Saturday
२०८३ भाद्र १३
1:37:26 pm

‘गोकर्ण गौतम स्मृति पत्रकारिता सम्मान-२०८०’ रामकुमार एलनलाई

काठमाडौं । ‘गोकर्ण गौतम स्मृति पत्रकारिता सम्मान-२०८०’ समाजवादी प्रेस संगठन, नेपालका महासचिव रामकुमार एलनलाई प्रदान गरिने भएको छ।

झरना साहित्यिक परिवार बकैया मकवानपुरले पत्रकार गोकर्ण गौतमको स्मृतिमा स्थापना गरेको ११ हजार १ सय ११ रुपैयाँ राशीको उक्त पुरस्कार महासचिव एलनलाई प्रदान गर्ने निर्णय गरेको हो।

संस्थाका सचिव मसान उपासककाअनुसार उक्त पुरस्कार आगामी फागुन १२ गते प्रदान गरिने छ।

Advertisement

सचिव उपासकले भने, ‘यो वर्षको पुरस्कार पत्रकार रामकुमार एलनलाई प्रदान गर्ने संस्थाले निर्णय गरेको छ। आगामी फागुन ११ र १२ गते बकैया साहित्य महोत्सव २०८० का अवसरमा उक्त पुरस्कार प्रदान गर्ने तयारीमा छौं। महोत्सवको पहिलो दिन बालबालिकाहरूको उपस्थिति रहन्छ भने दोस्रो दिन साहित्य अनुरागीहरूको सहभागिता रहने छ।’

महोत्सवको पहिलो दिन बकैया गाउँपालिका मकवानपुरका उपाध्यक्ष भक्त बहादुर खत्री र दोस्रो दिन पालिका अध्यक्ष धर्मराज लामिछानेको प्रमुख आतित्थ्यता रहेन सचिव उपासकले जानकारी दिएका छ्न्।

पत्रकार एलन हाल मधेशदृष्टि दैनिकका सम्पादक हुन्।