November 11, 2026, Wednesday
२०८३ कार्तिक २६
1:37:26 pm

कपिलवस्तुमा बस दुर्घटना हुँदा कम्तीमा दुईजनाको मृत्यु

काठमाडौं ।  कपिलवस्तुमा बस दुर्घटना हुँदा कम्तीमा दुईजनाको मृत्यु भएको छ । बुधबार मध्यरातमा पूर्व-पश्चिम राजमार्ग अन्तर्गत शिवराज नगरपालिका-१ दोबाटाको घुम्तीबाट बस खोलामा खस्दा कम्तीमा २ जनाको मृत्यु भएको हो ।

महेन्द्रनगरबाट काठमाडौंतर्फ आउदै गरेको यात्रु बस करिब दुईसय मिटर तल खस्दा दुर्घटना भएको प्रहरीले जनाएको छ।

सुदूरपश्चिमको सुनौलो महाकाली यातायातले सञ्चालन गरेको सुप प्र–०२–००१ ख ००९८ नम्बरको बस बाटोबाट करिब २ सय मिटर तल खसेको हो ।

Advertisement

प्रहरीका अनुसार ३३ जनालाई स्टेचरमा राखेर खोलाबाट रोप रेस्क्यु गरेर उद्धार गरिएको हो । बसमा ३७ जना यात्रु र ३ जना बस कर्मचारी रहेका थिए ।

तीब्र गतिमा रहेको बस घुम्तीमा अनियन्त्रित भइ दुर्घटना भएको प्रारम्भिक अनुसन्धान गरिएकोछ ।

मृतकको नाम अझै खुलेको छैन । घाइतेहरुको चन्द्रौटास्थित सञ्जीवनी र आधारभूत स्वास्थ्य केन्द्र अस्पताल र बुटवलको चौराहा अस्पतालमा उपचार भइरहेको छ ।