काठमाडौं । मोरङमा ट्रक दुर्घटना हुँदा तीनजना बालवालिकाको मृत्यु भएको छ । शुक्रबार बुढिगंगा गाउँपालिका ४ प्रगती टोलमा ट्रक सडकबाट खस्दा तीन बालबालिकाको मृत्यु भएको हो ।
प्रहरीका अनुसार दुर्घटनामा मृत्यु हुनेमा बुढीगंगा गाउँपालिका–४ का इसिता अधिकारी, निशान्त अधिकारी र रिहा खवास रहेका छन् । अधिकारीद्वय दिदीभाइ हुन् ।
ज्योतिका छोरा र छोरी जुम्ल्याहा हुन् । उनीहरू सुतेको बेला लहरी गाडी पल्टिएर ठुलो टुङ्गाले किचेर मृत्यु भएको प्रत्यक्षदर्शी बताएका छन् ।