November 11, 2026, Wednesday
२०८३ कार्तिक २५
1:37:26 pm

पशुपतिको जंगलमा १९ वर्षीया किशोरी झुन्डिएको अवस्थामा फेला

काठमाडौं । पशुपतिको जंगलमा १९ वर्षीय किशोरीको शव फेला परेको छ । गोरखनाथ मन्दिरमाथिको जंगलमा सुस्मिता थापाको शव रुखमा झुण्डिएको अवस्थामा फेला परेको प्रहरीले जनाएको छ।

प्रहरीका अनुसार बिहान मर्निङवाक गर्न जानेहरुले झुन्डिएको अवस्थामा शव देखेपछि प्रहरीलाई खबर गरेका थिए । प्रारम्भिक अनुसन्धानमा किशोरीले आत्महत्या गरेको हुनसक्ने देखिएको प्रहरीको भनाइ छ ।

सिन्धुली घर भई हाल बालुवाखानी, कपन बस्दै उनी केही दिनदेअि सम्पर्कविहीन रहेको बताइएको छ । थापा भक्तपुर आफन्तकोमा जान्छु भनेर घरबाट निस्केकी थिइन् । उनको आफन्तले उनी हराएको भन्दै खोजी गरिदिन सामाजिक सञ्जालमा अपिल गरेका थिए ।

Advertisement