August 30, 2026, Sunday
२०८३ भाद्र १५
1:37:26 pm

टोपबहादुर रायमाझी अस्पताल भर्ना

काठमाडौं । नक्कली भुटानी शरणार्थी प्रकरणमा पुर्पक्षका लागि थुनामा रहेका नेकपा एमालेका निलम्बित सचिव टोपबहादुर रायमाझीलाई मनमोहन कार्डियोथोरासिक भास्कुलर तथा ट्रान्सप्लान्ट सेन्टर भर्ना गरिएको छ।

मुटुमा समस्या भएपछि रायमाझीलाई बुधबार राति उक्त सेन्टरमा भर्ना गरिएको हो। हाल उनलाई चिकित्सकको निगरानीमा राखिएको छ।

उनको स्वास्थ्य अवस्था स्थिर रहेको र मुटुको चालको निगरानी गर्न सेन्टरमा राखिएको एक चिकित्सकले बताए।

Advertisement