August 31, 2026, Monday
२०८३ भाद्र १५
1:37:26 pm

हात्तीले कुल्चेर श्रीमतीको मृत्यु श्रीमान घाईते

विराटनगर । झापाको शिवसताक्षी नगरपालिका ११ मा हात्तीले कुल्चेर श्रीमतीको मृत्यु भएको छ भने श्रीमान घाइते भएका छन् । मृत्यु हुनेमा स्थानीय ६० बर्षीया पबित्रा भेटवाल रहेका छन् ।

प्रहरीका अनुसार बुधबार बेलुका ६ बजे रतुवामाई बृक्षारोपण आयोजनाको बनमा घाँस दाउरा गर्न गएका पबित्रा भेटवाल र उनका श्रीमान ६२ बर्षीय दिलिप भेटवाललाई हात्तीले कुल्चि लछारपछार पार्दा पबित्रा भेटवालको घटनास्थलमै मृत्यु भएको हो ।

घाइते भएका दिलिप भेटवालको बिर्तासिटि अस्पताल बिर्तामोडमा उपचार भईरहेको प्रहरीले जनाएको छ ।

Advertisement