August 30, 2026, Sunday
२०८३ भाद्र १५
1:37:26 pm

काठमाडौंको छाउनीमा एक चिकित्सक मृत अवस्थामा फेला

काठमाडौं । काठमाडौंको छाउनीमा एकजना चिकित्सक मृत अवस्थामा फेला परेकी छन् । काठमाडौं महानगरपालिका–१३ छाउनीस्थित घरमा सर्जन डा.प्रतिभा धौभडेल मृत भेटिएकी हुन् । 

प्रहरीका अनुसार जिल्ला अस्पताल धादिङमा कार्यरत डा धौभडेल सलले पासो लगाएर झुण्डेको अवस्थामा फेला परेकी हुन् ।

उनलाई झुन्डिएको अवस्थामा देखेपछि उनका पतिले बीरेन्द्र सैनिक अस्पतालमा लगेका थिए । अस्पतालका चिकित्सकले उनलाई मृत घोषणा गरेका छन् ।

Advertisement

३४ वर्षीया प्रतिभाको शव पोष्टमार्टमका लागि त्रिवि शिक्षण अस्पतालमा राखिएको छ ।