November 11, 2026, Wednesday
२०८३ कार्तिक २५
1:37:26 pm

पाल्पामा जिप र मोटरसाइकल ठोक्किदा दुई जना गम्भीर घाइते

पाल्पा । पाल्पामा जिप र मोटरसाइकल ठोक्किदा दुई जना गम्भीर घाइते भएका छन् ।

शुक्रबार बिहान रामपुर नगरपालिका–३, रजघरामा भएको दुर्घटनामा मोटरसाइकल चालक रामपुर नगरपालिका–१ फोक्सिङकोट बस्ने १६ वर्षीय सुनिल वि.क. र मोटरसाइकलमा सवार उनकी ४० वर्षीया आमा सेती वि.क. घाइते भएका हुन् ।

रामपुरबाट कावासोती जाँदै गरेको लु १ ज ३७६९ नम्बरको जिप र रामपुर आउँदै गरेको लु २१ प २९०७ नम्बरको मोटरसाइकल आपसमा ठोक्किएको प्रहरीले जनाएको छ ।

Advertisement

घाइतेहरूको रामपुर अस्पतालमा उपचार भएरहेको इलाका प्रहरी कार्यालय रामपुरले जनाएको छ । दुर्घटनाका विषयमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । जिप र चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।