काठमाडौं । वन डढेलोमा परी गम्भीर घाइते भएकी एक महिलाको मृत्यु भएको छ। मृत्यु हुनेमा शिखर नगरपालिका–४ सेलबुङ्गाकी ४१ वर्षीय चन्द्रादेवी भण्डारी रहेकी छ्न् ।
भण्डारी बिहीबार अपराह्न जङ्गलमा लागेको आगोले घाइते भएकी थिइन् । उनको उपचारको क्रममा शुक्रबार बिहान १ बजे उपचारको क्रममा मृत्यु भएको हो ।
प्रहरीका अनुसार पातालीसैन सामुदायिक वनमा सिँचाइका निम्ति कुलो खन्न गएकी भण्डारी वनमा लागेको आगोले जलेर घाइते भएकी थिइन्। कुलो खन्न २५ जनाको समूह उक्त वनमा गएको थियो। उनलाई सुजङ्ग अस्पताल राजपुरमा सामान्य उपचारपछि धनगढी रिफर गरिएको थियो। उनको निसर्ग अस्पतालमा मृत्यु भएको हो ।