August 30, 2026, Sunday
२०८३ भाद्र १५
1:37:26 pm

राष्ट्रिय सभाको बैठक बस्दै

काठमाडौं । संघीय संसद अन्तर्गतको राष्ट्रिय सभाको बैठक बस्दैछ । बैठक आज दिउँसो सवा १ बजेका लागि डाकिएको छ ।

बैठकमा अध्यक्ष नारायणप्रसाद दाहालले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयबाट प्राप्त मन्त्रिपरिषद् सदस्यको कार्यभार तोकिएको सम्बन्धी पत्रहरूको ब्यहोरा जानकारी गराउने कार्यसूची रहेको छ ।

आजको बैठकमा अध्यक्षले राष्ट्रिय सभाका उपाध्यक्ष उर्मिला अर्यालले राष्ट्रिय सभा उपाध्यक्षको पदबाट दिएको राजीनामा सम्बन्धी पत्रको ब्यहोरा जानकारी गराउनेछन् । उपाध्यक्ष अर्यालले बिहीबार अध्यक्ष दाहालसमक्ष राजीनामा पेश गरेकी थिईन् ।

Advertisement

यस्तै, सङ्घीयता सबलीकरण तथा राष्ट्रिय सरोकार समितिका सभापति सोनाम गेल्जेन शेर्पाले ‘राष्ट्रिय सरोकार तथा समन्वय समितिको तहगत अन्तरसम्बन्ध र समन्वय विषयक अध्ययन प्रतिवेदन, २०८०’ माथि छलफल गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गर्ने कार्यसूची रहेको संसद् सचिवालयले जानकारी दिएको छ ।