काठमाडौं । मुग्लिङ चितवन सडक खण्डमा एक ट्याक्सी त्रिशूली नदीमा खस्दा एक जनाको मृत्यु भएको छ । आज बिहान बा२ज ४१ नम्बरको ट्याक्सी त्रिशूली नदीमा खसेको हो ।
प्रहरीका अनुसार ५ जना सवार उक्त ट्याक्सी चितवनको इच्छाकामना-५ शिमलधारामा उक्त दुर्घटना भएको हो । अन्य ४ जना बेपत्ता रहेको प्रहरीको भनाइ छ ।
मृतक पुरुष हुन् । उनको परिचय खुल्न सकेको छैन । बेपत्ताको खोजीको लागि गोताखोर टोली परिचालन गर्ने तयारी भइरहेको छ ।