काठमाडाैं। त्रिशूली नदीमा ट्याक्सीसहित खसेकामध्ये पाँच जनाको शव फेला परेको छ । ट्याक्सीबाट पाँच जनालाई मृत अवस्थामा निकालिएको प्रहरीले जनाएको छ।
प्रहरीका अनुसार मृत्यु हुनेमा एक बालिका, २ पुरुष र २ जना महिला रहेका छन् । मृतकको पहिचान खुलिसकेको छैन ।
काठमाडौंबाट गोरखा जाँदै गरेको बा२ज ४१९६ नम्बरको ट्याक्सीमा आज बिहान चितवनको इच्छाकामना–५ पृथ्वी राजमार्गस्थित सिमलधाराबाट त्रिशूली नदीमा खसेको थियो ।
ट्याक्सीमा ६ जना सवार रहेको हुन सक्ने जानकारी आए पनि यकिन हुन नसकेको प्रहरीकाे भनाइ छ ।