काठमाडौं। नेपाली कांग्रेसले रवि लामिछाने गृहमन्त्री बनेपछि सहकारी ठगीको छानबिन रोकिएको आरोप लगाएको छ ।
सोमबार बसेको प्रतिनिधि सभा बैठकको सुरुआतमा बोल्दै कांग्रेस सांसद रामकृष्ण यादवले लामिछानेले भने, ‘जब सहकारीको पैसा अपचलनमा रवि लामिछानेको नाम जोडिएर आयो, तत्कालीन गृहमन्त्रीले संसदमा आएर छानबिन गर्ने भन्नुभएको थियो । गृहमन्त्री र प्रहरीले नै यसबारेमा अनुसन्धान हुने भनेपछि संसदीय छानबिन समिति त्यतिबेला आवश्यक थिएन ।’
उनले तर, अहिले आरोपित व्यक्ति नै गृहमन्त्री बनेपछि सहकारी ठगी प्रकरणको छानबिन रोकिएको बताए ।
छानबिन प्रक्रिया रोकिँदा विश्वासको संकट उत्पन्न भएको उनले बताए । उनले भने, ‘अनुसन्धान अलपत्र पर्यो । सरकारबाटै अनुसन्धान प्रभावित भएकाले विश्वासको संकट उत्पन्न भएको छ ।’