August 29, 2026, Saturday
२०८३ भाद्र १४
1:37:26 pm

बसको ठक्करबाट डियुटीमा खटिएका ट्राफिक प्रहरीको मृत्यु

काठमाडौं । बारामा बसको ठक्करबाट डियुटीमा खटिएका ट्राफिक प्रहरी जवानको मृत्यु भएको छ । ठक्करबाट जितपुर सिमरा उपमहानगरपालिकाको अमलेखगञ्जमा कार्यरत प्रहरी जवान मुनटुन यादवको मृत्यु भएको हो ।

शुक्रबार राति सवा ११ बजे काठमाडौंबाट काँकरभिट्टा गइरहेको बागमती प्रदेश ०१-००ख ६१२३ नम्बरको बसले ठक्कर दिँदा डियुटीमा खटिएका ट्राफिक प्रहरी यादवलाई बसले ठक्कर दिएपछि उनको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ ।

प्रहरीका अजुसार चेकजाँचको लागि रोक्न खोज्दा बसको ब्रेक नलागेर यादवलाई ठक्कर दिएको थियो ।

Advertisement

प्रहरी जवानलाई ठक्कर दिएको बसलाई नियन्त्रणमा लिएको छ । मृतक प्रहरी जवान यादव पर्साको छिपहरमाई गाउँपालिका मिर्जापुर निवासी रहेको प्रहरीले जनाएको छ ।