August 30, 2026, Sunday
२०८३ भाद्र १५
1:37:26 pm

उदयपुरमा लामो दुरीका यातायातहरूमा सीसीटिभी तथा जिपिएस जडान

उदयपुर । उदयपुर जिल्लाबाट लामो दुरीका यातायातहरूमा सीसीटिभी तथा जिपिएस जडान गरिएको छ । विहीबार कोशी प्रदेश प्रहरी कार्यालयका प्रमुख श्रीमान् प्रहरी नायव महानिरीक्षक चन्द्र कुबेर खापुङक प्रमुख आतिथ्यतामा सीसीटिभी तथा जिपीएस जडान गरिएको हो ।

‘सार्वजनिक यातायातमा प्रविधिको प्रयोग, जनधनको क्षति दुर्घटना न्यूनिकरणमा सहयोग’ भन्ने मुल नारासहित जिल्ला प्रहरी कार्यालय उदयपुरको आयोजनामा सम्पन्न उक्त कार्यक्रममा त्रियुगा नगरपालिकाका नगर प्रमुख बसन्त कुमार बस्नेतको अध्यक्षतामा सम्पन्न भएको थियो।

कार्यक्रममा त्रियुगा न.पा. उप-प्रमुख, जिल्ला स्थित सुरक्षा निकायका प्रमुखहरु, वडा अध्यक्षहरु, सरकारी कार्यालयका प्रमुख तथा प्रतिनिधिहरु, संघ संस्थाका प्रमुख तथा प्रतिनिधिहरु, यातायात व्यवसायीहरु, शैक्षिक संस्थाका प्रमुख तथा शिक्षकहरु, विभिन्न विद्यालयका बिद्यार्थीहरु, सर्वसाधरण मानिसहरुको उपस्थिति रहेको थियो।

Advertisement

कार्यक्रममा जिल्ला ट्राफिक प्रहरी कार्यालय र यातायात व्यवसायी प्रा.लि. वीच मेमोरेन्डम अफ अन्डरस्टेन्डिङ (एमओयु) सम्झौता पत्रमा हस्ताक्षरसमेत भएको थियो।