November 11, 2026, Wednesday
२०८३ कार्तिक २५
1:37:26 pm

सारा खवरद्वारा प्रकाशित भित्तेपात्रो सार्वजानिक

काठमाडौं । सारा खवर डटकमले प्रकाशन गरेको वि.सं.२०८१ सालको भित्तेपात्रो सार्वजानिक भएको छ ।
बौद्ध,जोरपाटी,बाहुनधारामा रहेको हाम्रो सेलोघरमा एक कार्यक्रम गरी भित्तेपात्रो सार्वजानिक गरिएको हो ।

नमोबुद्ध न्यूज एचडीले संस्कार र संस्कृति बचाउने अभियान स्वरुप सुरु गरेको हाम्रो सेलो घरमा ग्रील तथा स्टील व्यवसायी संघ नेपालका केन्द्रीय अध्यक्ष ठुलोबाबु श्रेष्ठको प्रमुख आतिथ्यतामा विभिन्न मिडियाका मिडियाकर्मी तथा विभिन्न संस्थाका प्रतिनिधिहरुको उपस्थितिमा कार्यक्रम सम्पन्न भएको थियो ।

कार्यक्रममा भ्रष्टाचारविरुद्ध नागरिक अभियान नेपालका नवनिर्वाचित अध्यक्ष अर्जुन के.सी.,राष्ट्रिय संगीतकर्मी संघका कोषाध्यक्ष राजकुमार हुँमागाई, खुसी इन्डस्टिज प्रा.लि.का शुसिल मोक्तान, मिडियाकर्मी तथा प्रशिक्षक नविन पल्लव, शान्ति नेपालका अध्यक्ष दिपेन्द्र ढकाल, मिडियाकर्मी दुर्गा ओझा, लोकतान्त्रिक पत्रकार मञ्चका अध्यक्ष कुमार ओझा, सामाजिक अभियन्ता लिला खनाल, तुफान मगर, शिवहरी खनाल, मोडल तथा नायिका निर्मला मोक्तान,तामाङ पत्रकार संघका केन्द्रीय सदस्य सुदिन दोङ, तामाङ पत्रकार संघ भक्तपुरका कार्यबहाक अध्यक्ष छेडुप दोङ लगायतको उपस्थिति रहेको थियो ।

Advertisement

कार्यक्रमका प्रमुख अतिथि ठुलोबाबु श्रेष्ठले सारा खवरले गरेका कार्यहरुको प्रशंसा गर्दै समाजका विकृति र विसंगति, अन्याय, अत्याचार तथा भ्रष्टाचारको विरुद्धमा आवाज उठाईरहने र कलम चलाईरहने साहस गर्ने मिडियाकर्मीहरुलाई आफ्नो पूर्ण साथ र समर्थन रहने बताए ।

यो समाज रुपान्तरण गर्न अब मिडिया बाहेक कसैले पनि नसक्ने भन्दै श्रेष्ठले ईमान्दार भएर लाग्न सबै मिडियाकर्मीहरुलाई आग्रह समेत गरे। कार्यक्रममा उपस्थित समाजसेवी, मिडियाकर्मीहरुले संयुक्त रुपमा भित्तेपात्रोको विमोचन गरेका थिए ।