विराटनगर। झापामा नहरमा डुबेर एक बालकको मृत्यु भएको छ । प्रहरीका अनुसार झापाको शिवसताक्षी नगरपालिका-७ स्थितमा रहेको कन्काई सिंचाई आयोजनाको नहरमा डुबेर एक बालकको मृत्यु भएको हो।
प्रहरीका अनुसार हिजो बिहान साढे १० बजे शिवसताक्षी नगरपालिका-१० का ओम बहादुर बस्नेतको १२ वर्षीय छोरा बिवेक बस्नेत नहरको साईफन जालीमा अड्किएर मृत अवस्थामा फेला परेका थिए ।
मृतक बालकको शवलाई कानूनी प्रक्रिया पुरा गरी पोष्टमार्टमको लागि मोरङको मंगलबारे अस्पताल पठाइएको र घटना सम्बन्धमा इलाका प्रहरी कार्यालय झिलझिलेबाट थप अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ।