August 30, 2026, Sunday
२०८३ भाद्र १५
1:37:26 pm

ललितपुरको सातदोबाटो–बालकुमारी सडक खण्ड आजदेखि बन्द हुने

काठमाडौं । ललितपुरको सातदोबाटो–बालकुमारी सडक खण्ड आजदेखि बन्द हुने भएको छ । ग्वार्कोमा फ्लाइओभर निर्माणका लागि आजदेखि ११ वैशाखसम्म रातको समय सडक बन्द गरिने भएको हो ।

आयोजना कम्पनीका अनुसार आजदेखि राति १० देखि बिहान ४ बजेसम्म सडक पूर्णरूपमा बन्द गरेर निर्माणको काम गरिने भएको छ ।

ग्वार्को चोकमा २०७९ को मंसीरदेखि फ्लाइओभर निर्माण सुरू भएको थियो । दुई वर्षमा बनाइसक्ने गरी १२ फागुन २०७८ मा आशिष समानान्तर रेलिगेर जेभीले ठेक्का पाएको थियो । तर सकिनुपर्ने बेला निर्माणले बल्ल गति लिएको छ ।

Advertisement