November 10, 2026, Tuesday
२०८३ कार्तिक २५
1:37:26 pm

दीपेश पुनलाई धरौटीमा रिहा गर्न अदालतको आदेश

काठमाडौं । सहकारी ठगी प्रकरणमा पक्राउ परेका दीपेश पुनलाई धरौटीमा रिहा गर्न अदालतले आदेश दिएको छ ।जिल्ला अदालत रुपन्देहीका न्यायाधीश डा.दीपक उप्रेतीको इजलासले उनलाई ४ लाख धरौटीमा रिहा गर्न आदेश दिएको हो ।

पूर्व उपराष्ट्रपति नन्द बहादुर पुनका छोरा दीपेश रुपन्देहीको बुटवलमा रहेको सुप्रिम सहकारी ठगी प्रकरणमा पक्राउ परेका थिए । गत चैत २ गते ललितपुरको झम्सिखेलबाट पक्राउ परेका दीपेशसँगै ६ जनालाई धरौटीमा रिहा गर्न अदालतले आदेश दिएको छ ।

अदालतले नवीन अछामीसँग १० लाख, लीला चापागाईँसँग १८ लाख, दीपक न्यौपानेसँग ४ लाख ४५ हजार, निता थापा मगरसँग २ लाख र रोशनी गुरुङसँग २ लाख धरौटी माग गर्दै रिहा गर्न आदेश दिएको हो ।

Advertisement

अदालतले सहकारीका अध्यक्ष ओमप्रकाश गुरुङलाई भने थुनामा पठाउन आदेश दिएको छ ।