August 29, 2026, Saturday
२०८३ भाद्र १४
1:37:26 pm

उद्योग वाणिज्य संघले गरायो करदाता शिक्षा

बेलबारी । मोरङको बेलबारीमा करदाता शिक्षा कार्यक्रम सम्पन्न भएको छ । मोफसलमा करदाता शिक्षा अभाव महसुस भएको भन्दै आन्तरिक राजश्व कार्यालय बिराटनगर र करदाता सेवा केन्द्र बिराटचोकले दुई दिने करदाता शिक्षा कार्यक्रम सम्पन्न गरेको हो ।

बेलबारी उद्योग वाणिज्य संघको आयोजनामा बिहीवार र शुक्रवार दुई दिन करदाता शिक्षा कार्यक्रम आयोजना गरिएको हो । ‘स्वेच्छिक सहभागिता सहितको कराधारः दिगो र उत्पादनमुखी अर्थतन्त्रको आधार’ भन्ने नारासहित बिहिवार बेलबारी १ स्थीत उद्योग वाणिज्य संघको कार्यलयमा र शुक्रवार बेलबारी ७ बाहुनी बजारस्थित एकीकृत हातेमालो समाजको हलमा कार्यक्रम सम्पन्न भएको हो ।

वषौँदेखि कर तिरिरहेको भएपनि यसअघि यसरी कर सम्बन्धि शिक्षा नपाएको बेलबारी ७ बाहुनीका व्यवसायी दिपक विश्वकर्माले बताए । ‘दिनभरीको समय लगाएर बिराटचोक कर तिर्न जान बाध्य थियौँ, अव आफै अनलाईनबाट कर तिर्न र विवरण हाल्न सक्ने भयौँ’, बेलबारी ७ का निरज चौधरी बताउछन् ।

Advertisement

दुवै दिन पचास/पचास जनाको संख्यामा भएको उक्त कार्यक्रम उपलब्धिमूलक बनेको आन्तरिक राजश्व कार्यलय बिराटनगरका कर प्रशिक्षक हरी प्रसाद सेढाईले बताए । उनले भने, ‘सधैँ शहर केन्द्रित रहेर कार्यलयले यसप्रकारका कार्यक्रम संचालन गरिरहेता पनि मोफसलमा पहिलोपटक यसप्रकारको कार्यक्रम संचालन गरेको छ।’

कर सम्बन्धी अपनाउनुपर्ने सर्तकताका बारेमा कार्यालयले प्रशिक्षण दिएको हो । बिहीवार बेलबारी नगरपालीका उपप्रमुख नितू थापाकोईराद्धारा उद्घाटन गरिएको उक्त कार्यक्रम शुक्रवार समापन भएको हो ।

उक्त कार्यक्रममा व्यवसाय दर्ता, स्थायी लेखा नम्बर, युजर नेम र पासवर्डको प्रयोग, आयकर, मु.अ.कर, अन्तशुल्क, करपाटीको ढांचा, करको दर, मिसम्याच, जरिवाना, राजश्व भौचर दाखीला गर्ने तरिका, प्यान नम्बर स्थगन र पुन दर्ता सम्बन्धी करदाता शिक्षा प्रदान गरिएको थियो ।