काठमाडौं । धादिङमा एक घरमा आगलागी हुँदा श्रीमान-श्रीमतीको मृत्यु भएको छ ।
गएराति धादिङको थाक्रे गाउँपालिका-५ गैरीखर्कस्थित ७० वर्षीय तेजबहादुर लामाको एकतले घरमा एक्कासी आगलागी हुँदा तेजबहादुर र उनकी ७० वर्षीया श्रीमती ठूली तामाङको मृत्यु भएको प्रहरीले जनाएको छ ।
घटनाबारे साढे ११ बजे सूचना प्राप्त भएपछि इन्स्पेक्टरको कमाण्डमा प्रहरी खटिएको तर प्रहरी पुग्दा दुवै जनाको मृत्यु भइसकेको प्रहरीले जनाएको छ।
उक्त घरमा मकै पिस्ने विद्युतीय घट्ट पनि रहेको हुँदा राति विद्युत् सर्ट भई आगलागी भएको हुन सक्ने प्रहरीको अनुमान छ।
राति १२ बजेपछि आगो नियन्त्रणमा लिएको उनले बताएको छ ।