August 28, 2026, Friday
२०८३ भाद्र १२
1:37:26 pm

महिनावारीका चार दिन ट्राफिक प्रहरीले सडकमा ड्युटी गर्नु पर्दैन: गृहमन्त्री लामिछाने

काठमाडौं । उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेले महिनावारीका चार दिन ट्राफिक प्रहरीले सडकमा ड्युटी गर्नु नपर्ने बताएका छन्। गणतन्त्र दिवसका अवसरमा गृहमन्त्री लामिछानेले उक्त घोषणा गरेका हुन्।

गृहमन्त्री लामिछानेले सामाजिक सञ्जाल फेसबुकमा पोस्ट गरेका छन्, ‘गणतन्त्र दिवस अवसरमा शुभकामना सहित एउटा सानो प्रयास, अबदेखि महिला ट्राफिक प्रहरीहरुले महिनावारीका चार दिन सडकमा डिउटी गर्नु पर्दैन।’

गृहमन्त्री लामिछानेका अनुसार मापसेलगायत ट्राफिक नियम उल्लंघन कारबाहीमा परेकाहरूले स्वयंसेवकका रूपमा महिला ट्राफिक प्रहरीको सट्टामा काम गर्नेछन्।

Advertisement