August 28, 2026, Friday
२०८३ भाद्र १२
1:37:26 pm

कैलाश सिरोहियालाई थप उपचारका लागि हेलिकप्टरबाट ल्याइयो काठमाडौं

काठमाडौं । कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष कैलाश सिरोहियालाई थप उपचारका लागि काठमाडौं ल्याइएको छ। उअलाई मंगलबार दिउँसो हेलिकप्टरमार्फत काठमाडौं ल्याइएको हो ।

जनकपुरको काव्या अस्पतालमा रहेका उनलाई थप उपचारका लागि काठमाडौं रिफर भएसँगै हेलिकप्टरमार्फत सिधै मेडिसिटी अस्पतालमा भर्ना हुने गरी ल्याइएको बताइएको छ ।

नागरिकता कसुरमा पक्राउ परेका सिरोहियालाई धनुषा जिल्ला अदालतका न्यायाधीश यदुराज शर्माको इजलासले सोमबार थप तीन दिन हिरासतमा राख्न प्रहरीलाई अनुमति दिएको थियो। अनुमतिसँगै अदालतले अनुसन्धानमा शीघ्रता अपनाउन आदेश दिएको हो।

Advertisement

सिरोहिया बिरामी भएको र काव्या अस्पतालको रिपोर्टअनुसार उनको स्वास्थ्य अवस्थाका कारण अनुसन्धानमा शीघ्रता अपनाउन भनिएको थियो। उनलाई उपयुक्त स्वास्थ्य परीक्षणका लागि आवश्यक व्यवस्था गर्न पनि अदालतले आदेश दिएको थियो।

सिरोहियामाथि अनुसन्धान गर्न तेस्रो पटक म्याद माग भएको थियो। 

मुटुको समस्या देखिएपछि प्रहरीले उनलाई जनकपुर प्रादेशिक अस्पताल लगेको थियो। त्यहाँबाट थप उपचारको लागि काब्या अस्पतालमा राखिएको थियो।