August 28, 2026, Friday
२०८३ भाद्र १२
1:37:26 pm

हिमालबाट निकालियो ४ वटा शव

काठमाडौंहिमालबाट ४ वटा मानव शव र केही अस्थिपञ्जर संकलन गरिएको छ । ‘सफा हिमाल अभियान’मा सहभागी टोलीले सफा गर्ने क्रममा ११ टन फोहर पनि संकलन गरेको नेपाली सेनाले जनाएको छ।  

नेपाली सेनाको सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयका अनुसार आज बुधबारमात्रै दुई वटा शव निकालेर काठमाडौं ल्याइएको छ।

जसअनुसार सगरमाथा हिमालको बाल्कोनी ईलाका (८४३० मि.) र ल्होत्से क्याम्प–४ ईलाका (७९०० मि.)मा रहेको २ (दुई) वटा मानव शवलाई आज हवाई साधनमार्फत त्रिवि शिक्षण अस्पताल, महाराजगन्ज ल्याई फरेन्सिक ल्याबमा थप प्रक्रियाका लागि बुझाएको छ । 

Advertisement

नेपाली सेनाका अनुसार गत चैत्र २९ गतेबाट सुरु भएको यस वर्षको सफा हिमाल अभियानअन्तर्गत हालसम्म सगरमाथा, ल्होत्से र नुप्त्से हिमालबाट ११ हजार किलो फोहो, ४ वटा मानव शव तथा केही मानव अस्थिपञ्जर सङ्कलन तथा व्यवस्थापन गरिएको छ ।