August 27, 2026, Thursday
२०८३ भाद्र ११
1:37:26 pm

हट्यो टिकटक प्रतिबन्ध

काठमाडौं । सरकारले सामाजिक सञ्जाल टिकटकमा लगाएको प्रतिबन्ध हटाएको छ । बिहीबार बसेको मन्त्रिपरिषद बैठकले टिकटकमा लगाएको प्रतिबन्ध फुकुवा गर्ने निर्णय गरेको हो ।

सरकारले आचारसंहिता बनाएरै टिकटक प्रतिबन्ध हटाउने गरी निर्णय गरेको भएपनि तत्कालै टिकटक भने चल्ने छ ।

यसअघि पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकारले २७ कात्तिक २०८० मा टिकटकमा प्रतिबन्ध लगाउने निर्णय गरेको थियो।

Advertisement

सञ्चार मन्त्रालयका कर्मचारीका अनुसार सामाजिक सद्भाव नभड्काउने गरी सामाजिक सञ्जाल सञ्चालन निर्देशिकामा आधारित रहेर टिकटक चलाउन पाइने व्यवस्था हुने भएको छ ।

चिनियाँ पक्षले नेपालमा दर्ता गरेर र सरकारले तोकेको आचार संहिता पालना गरेरै टिकटक चलाउन दिने शर्त स्वीकार्न तयार भएपछि सरकारले गत वर्ष कात्तिकदेखि रोकिएको टिकटक खोलेको हो ।