November 11, 2026, Wednesday
२०८३ कार्तिक २५
1:37:26 pm

न्यूज २४ बाट विदा भए रवि लामिछाने

काठमाडौं: चर्चित टेलिभिजन कार्यक्रम प्रस्तोता रवि लामिछानेले न्यूज २४ टेलिभिजन छाडेका छन् । फेसबुकमार्फत लामिछानेले भोलिबाट न्यूज २४ बाट विश्राम लिएको जानकारी गराएका छन् ।

कार्यक्रम ‘सिधा कुरा जनतासँग’मार्फत जनजनको मनमा बस्न सफल प्रस्तोता लामिछाने निकट भविष्यमा प्रसारण हुने अर्को टेलिभिजनमार्फत अगाडि आउने स्रोतले बताएको छ ।

भोलि प्रसारण हुने कार्यक्रमसँगै न्यूज २४ टेलिभिभिजनसँगको सुखद सहयात्राबाट विश्राम लिएको भन्दै उनले सबैलाई धन्यवाद दिएका छन् । उनले फेसबुकमा लेखेका छन्, ‘भोलि प्रशारण हुने कार्यक्रमसँगै न्यूज २४ टेलिभिजन सँगको सुखद सहयात्राबाट विश्राम लिदैछौ । यो साथ, सहयोग र अवसरका लागि सम्पुर्ण टेलिभिजन परिवार सहित अध्यक्ष आदरणीय अनिल जोशी ज्यु तथा निर्देशक अदिश जोशी ज्यु प्रति आभार व्यक्त गर्दछु। मलाई विश्वास गरि मार्गदर्शन समेत गर्नु हुने आदरणीय निर्मल राज पौडेलर निता पौडेल तथा सम्पुर्ण वेलकम ग्रुप प्रति विशेष आभार व्यक्त गर्दछु।

Advertisement