August 27, 2026, Thursday
२०८३ भाद्र ११
1:37:26 pm

लायन्स क्लब अफ महाबौद्यको अध्यक्षमा दीपकलाल प्रधान

काठमाण्डौं । लायन्स क्लब अफ महाबौद्यको अध्यक्षमा दीपकलाल प्रधान चयन भएका छन् । भेलाले प्रधानको अध्यक्षतामा नयाँ समिति गठन भएको हो ।

नव गठित क्लबका अध्यक्ष सहित सबै पदाधिकारीलाई लाइन्स क्लब अफ काठमाण्डौंका गर्भनर विमल होडाले सफथ सहित ब्याच तथा प्रमाणपत्र बितरण गरेका हुन् ।

गर्भनर होडाले समितिका पदाधिकारीसहित सम्पूर्ण सदस्यलाई सपथ पनि गराएका थिए । लाइन्सको मर्मलाई मर्न नदिन नयाँ समितिलाई आग्रह गर्दै गर्भनर होडाले लाइन्सको गरिमा उचो राख्न शुभकामना दिए ।दिप प्रज्वलन गरेर शुरु भएको कार्यक्रममा लायन्स क्लब अफ डाउनठाउनका अध्यक्ष रिना खड्काको अध्यक्षतामा भएको थियो ।

Advertisement

स्वागत मन्तब्य राख्दै अभ्यक्ष खड्काले लायनबादको नारालाई सम्झदै सामाजिक सेवामा लाग्न नयाँ समितिलाई आग्रह गर्दै उत्कृष्ट संस्था बनाउन शुभकामना दिइन् ।
लायन्स क्लव अफ महाबौद्यका अध्यक्ष दिपकलाल प्रधानले लायन्सको विधि र पद्यतिलाई कायम राख्दै सामाजिक सेवामा सर्मपित रहने प्रण गरे ।

अध्यक्ष प्रधानले सामाजिक भावनाबाट स्थापित संस्थाको उचाइमा आँच आउन नदिन आफू नेतृत्वको समिति प्रतिबद्य रहेको स्पष्ट पारे ।