August 27, 2026, Thursday
२०८३ भाद्र ११
1:37:26 pm

प्रवासी नेपाली एकता मञ्च मध्यपूर्व तथा मलेसियाको परिचयात्मक कार्यक्रम सम्पन्न

काठमाडौं। प्रवासी नेपाली एकता मञ्च मध्यपूर्व तथा मलेसियाको परिचयात्मक कार्यक्रम सम्पन्न भएको छ। 

गत शुक्रबार मध्यपूर्व संयोजक गणेश ढकालको अध्यक्षता तथा मध्यपूर्व इन्चार्ज विष्णुप्रसाद लम्सालको प्रमुख आतिथ्यमा सम्पन्न भएको हो।

जुमको माध्ययमार्फत सम्पन्न भएको कार्यक्रममा प्रवासी नेपाली एकता मञ्च अन्तर्राष्ट्रिय समन्वय कमिटीका उपसचिव पदम गिरी, प्रवासी मञ्चका सदस्य देव शम्शेर घिसिङको विशेष आतिथ्यता रहेको थियो।  

Advertisement

त्यस्तै प्रवासी नेपाली एकता मञ्च युएईका अध्यक्ष बिपिन सापकोटा, ओमनका अध्यक्ष लिलानाथ कोइराला, कतारका अध्यक्ष मोहम्मद मुक्तदा, साउदी अरब बिमल गौतम, मलेशियाका प्रतिनिधि सुनिल ढकालको उपस्थिति रहेको थियो।

कार्यक्रमको सञ्चालन विपिन सापकोटाले गरेका थिए ।