काठमाडौं । शुक्रबार र शनिबार आएको भारी वर्षापछिको देशभर मृत्यु हुनेको संख्या ६१ पुगेको छ ।
मृत्यु हुनेमा २० पुरुष, २६ महिला र १५ नाबालकसहित ६० जनाको रहेको प्रहरीले जनाएको छ ।
सबैभन्दा धेरै मृत्यु हुने जिल्ला इलाम भएको छ । इलाममा पहिरो र बाढीमा परेर मृत्यु हुनेको संख्या ३८ पुगेको छ ।
त्यसैगरी पाँचथरमा ८, उदयपुरमा ३, खोटाङमा २, सुनसरीमा १, रौतहटमा ३, मोरङ, महोत्तरी, सिन्धुपाल्चोक र सिन्धुलीमा १/१ र काभ्रेमा २ जनाको मृत्यु भएको हो ।
हेर्नुहोस् अपडेट