विराटनगर। ताप्लेजुङमा आगलागी हुँदा चार घर जलेका छन् । गएराति मिक्वाखोला गाउँपालिका–४ स्थित तेम्बा बजारमा आगलागी हुँदा करिब एक करोड बराबरको क्षति भएको जनाइएको छ ।
इन्द्रकुमार साँवा, राजकुमार साँवा, अनिल साँवा र विष्णु साँवाका घरमा भण्डारण गरिएका खाद्यान्नलगायत सामग्री जलेर नष्ट भएको प्रहरीले जनाएको छ। जिल्ला प्रहरी कार्यालयले भने क्षतिको विवरण संकलन भइरहेको जनाएको छ ।
एक मोटरसाइकलमा आगलागी भएको र त्यसलाई नालीतिर पल्टाउन खोज्दा घरमा आगो सल्किएको जनाइएको छ।