August 26, 2026, Wednesday
२०८३ भाद्र १०
1:37:26 pm

मन्त्री घिसिङद्वारा निर्माणाधीन चार लेनको पुलको निरीक्षण

काठमाडौं । भौतिक पूर्वाधार तथा यातायातमन्त्री कुलमान घिसिङले मुग्लिन पोखरा सडकखण्डअन्तर्गत व्यास नगरपालिका–४ र ५ स्थित मादी नदीमा निर्माणाधीन चार लेनको पुलको निरीक्षण गरेका छन् । निर्माण हुँदै गरेको चार लेनको पुल निरीक्षण गर्दै उनले पर्यटकीय हिसाबले आकर्षण रहेको बताए ।

मुग्लिन पोखरा सडकखण्ड निर्माणको अन्तिम चरणमा रहेको भन्दै उनले यसले काठमाडौं र पोखरालाई दुरीका हिसाबले नजिकबाट जोड्ने उल्लेख गरे ।

यसैबिच मन्त्री घिसिङले समयमै काम गर्ने निर्माण व्यवसायीलाई पुरस्कार र नगर्नेलाई दण्ड जरिवाना गरिने बताए । सडक डिभिजन कार्यालय दमौलीमा आज आयोजित विभिन्न पालिकाका स्थानीय एवं जनप्रतिनिधिसँगको भेटघाटमा बोल्दै मन्त्री घिसिङले निर्माण व्यवसायीले समयमै काम नगर्दा देश विकासमा पछाडि परेको उल्लेख गरे ।

Advertisement