विराटनगर । सुनसरीमा मार्बल बोकेको उक्त ट्रक दुर्घटना हुँदा ५ जनाको मृत्यु भएको छ भने दुईजना घाइते भएका छन् ।
जिल्लाको भोक्राहनरसिंहस्थित फुलचोकमा बिहीबार बिहान ट्रक पल्टिदा पाँचै जनाको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ ।
विराटनगरबाट मार्बल लोड गरेर हुलाकी राजमार्ग हुँदै सुनसरीतर्फ जाँदै गरेको १ ख ४५४१ नम्बरको ट्रक अनियन्त्रित भई सडकमा पल्टिदा मार्बलमाथि बसेका ५ जना कामदारको सोही मार्बलले किचिएर मृत्यु भएको प्रहरीले जनाएको छ ।
प्रहरीकाअनुसार मृतकको पहिचान खुल्न सकेको छैन । घाइते २ जनाको विराटनगरस्थित विराट टिचिङ अस्पतालमा उपचारका लागि लगिएको छ ।
घटनाको विस्तृत अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।