November 7, 2026, Saturday
२०८३ कार्तिक २२
1:37:26 pm

सडक दुर्घटनामा मृत्यु भएकाहरूको सम्झनामा दीप प्रज्वलन

काठमाडौं । उपत्यका ट्राफिक प्रहरी कार्यालयले सडक दुर्घटनामा मृत्यु भएकाहरूको सम्झनामा दीप प्रज्वलन गरेको छ ।उपत्यका ट्राफिक प्रहरी कार्यालयका एसएसपी नवराज अधिकारी र एसपी नरेश सुवेदी सहितका प्रहरी अधिकृतहरूले बिहीबार काठमाडौंको माइतीघर मण्डलामा दीप प्रज्वलन गरेर सडक दुर्घटनामा परेर ज्यान गुमाउनेहरूलाई स्मरण गरेका हुन् ।

दुर्घटना न्यूनीकरण गर्ने उद्देश्यले ट्राफिक प्रहरीले ट्राफिक सप्ताह मनाइरहेको छ । आज सप्ताहको छैटौँ दिन हो ।

लापरबाहीपूर्वक सवारी चलाउँदा दुर्घटनामा परेर अकालमा मृत्यु हुने गरेको काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयका एसएसपी नवराज अधिकारीले बताए ।

Advertisement

चालकले थोरै मात्र सावधानी अपनाए पनि दुर्घटना न्यूनीकरण गर्न सकिने उनले सन्देश दिए ।

एसएसपी अधिकारी र एसपी सुवेदीले बिहीबार दुर्घटनामा परेर घाइते भएकाहरूलाई अस्पतालमा गएर भेटेका थिए ।