काठमाडौं । तनहुँमा मिनी ट्रकको ठक्करबाट एक जना पैदलयात्रीको मृत्यु भएको छ ।
शुक्रबार राति पृथ्वी राजमार्गअन्तर्गत तनहुँको आबुँखैरेनी गाउँपालिका–२ नारीघाटमा ट्रकले ठक्कर दिँदा गोरखा नगरपालिका–१४ बस्ने ६० वर्षीय दलबहादुर थापा मृत्यु भएको हो ।
प्रहरीकाअनुसार डुम्रेतर्फबाट आबुँखैरेनीतर्फ जाँदै गरेको बा प्र ०३–००१ क ०२६८ नम्बरको मिनी ट्रकको ठक्करबाट घाइते थापाको चितवनस्थित चितवन मेडिकल कलेजमा मृत्यु भएको पहो ।
ठक्करबाट गम्भीर घाइते भएका थापाको टाउकोमा चोट लागेको थियो ।
पैदलयात्रीलाई ठक्कर दिई भागेका चालक मकवानपुर, सरीखेत पलासे गाउँपालिका–१ निवासी २९ वर्षीय बाबुलाल लोलाई नियन्त्रणमा लिएको छ ।