काठमाडौं । सामाजिक सञ्जालमार्फत अफवाह फैलाएको, गाली गलौज गरेको अभियोगमा युवराज पौडेल (सफल) पक्राउ परेका छन् । जिल्ला प्रहरी परिसर काठमाडौंको टोलीले उनलाई मंगलबार पक्राउ गरेको हो ।
पौडेलले महान्यायाधिवक्ताको कार्यालय र महान्यायाधिवक्ता सबिता भण्डारी लक्षित गरी नकारात्मक, अपशब्द, गाली गलौज, बेइज्जती तथा विभिन्न मुद्दामा रकम लेनदेन गरी मुद्दा फिर्ता लिने कार्य गरेको भन्दै आरोप लगाएका थिए ।
उनलाई कारबाही गर्न भनेर कार्यालयले माघ ८ गते पत्राचार गरेको थियो ।
भिडिओसमेत उपलब्ध गराएपछि प्रहरीले सफललाई पक्राउ गरेको र म्याद थप गरेर अनुसन्धान अघि बढाएका प्रहरीले जनाएको छ ।