काठमाडौं। मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई रिहा गर्न माग गर्दै काठमाडौंमा मोटरसाईकल र्याली निकालिएको छ ।
प्रसार्ईंको तत्काल रिहा गर्न सरकारसँग माग गर्दै राजावादीहरूले आइतबार काठमाडौंको माइघर मण्डलामा र्याली निकालेका हुन् ।
प्रसाईंलाई यही फागुन ४ गते सोमबार भक्तपुरस्थित आफ्नै निवासबाट पक्राउ गरिएको थियो ।
सोही पक्राउको विरोधमा ‘हिन्दुराज्य नेपाल कायम गरौं’ भन्ने मूल नारासहित र्यालीमा सहभागी भएकाहरुले गणतन्त्र विरोधी नारा पनि लगाएका थिए ।
माइतीघर मण्डलाबाट शुरु भएको सो र्याली भद्रकालीमा पुगेर समापन भएको थियो ।