August 26, 2026, Wednesday
२०८३ भाद्र १०
1:37:26 pm

मनमैजुमा चितुवाको आक्रमणबाट दुई जना घाइते

२०८२ फाल्गुन १०

ललितपुर । काठमाडौंको मनमैजुमा चितुवाको आक्रमणबाट दुई जना घाइते भएका छन्। आइतबार दिउँसो १ बजे तारकेश्वर नगरपालिका-१० मनमैजु मन्दिर नजिकै चितुवाले आक्रमण गर्दा दुई जना घाइते भएका हुन् ।

घाइते हुनेमा मनमैजुको नासलचोक बस्ने ६५ वर्षीय दुलाल महर्जन घाइते रहेका छन्। उनलाई शुभम् अस्पताल मनमैजुमा पठाइएको छ। उनको टाउको र बायाँ हातमा सामान्य चोट लागेको छ।

त्यस्तै ५५ वर्षीय मायानाथ वाग्ले पनि घाइते छिन्। उनको उपचारका लागि नेपाली सेनाको छाउनी अस्पतालमा पठाइएको छ। उनको दाहिने कान र हातमा चोट छ।

Advertisement

प्रहरीकाअनुसार चितुवा मनमैजुस्थित एक घरभित्र छ। उद्धारका लागि काठमाडौं डिभिजन वन कार्यालयसँग समन्वय भइरहेको प्रहरीले जनाएको छ।