August 26, 2026, Wednesday
२०८३ भाद्र १०
1:37:26 pm

काठमाडौंको पेप्सीकोलामा बसबाट खसेर वृद्धको मृत्यु

२०८२ फाल्गुन १०

ललितपुर । काठमाडौंको पेप्सीकोलामा बसबाट खसेर एक वृद्धको भएको छ ।

काठमाडौं महानगरपालिका–३२ पेप्सिकोला छाप्रो चोक नजिक सडकमा भएको दुर्घटनामा परी दोलखाको चरिकोट घर भएकी ६५ वर्षीया रामकुमारी भुजेलको मृत्यु भएको हो ।

प्रहरीकाअनुसार जडिबुटीबाट पेप्सिकोला चोकतर्फ आउँदै गरेको बा ४ ख ५७५४ नम्बरको बसबाट खसेर उनी गम्भीर घाइते भएकी थिइन् ।

Advertisement

भुजेलको उपचारका क्रममा आइतबार अन्नपूर्ण अस्पतालमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । प्रहरीले बस चालकलाई नियन्त्रणमा लिएको छ ।