विराटनगर । सुनसरीको हरिनगर गाउँपालिका–३ बाट गए राति २०० केजी गाँजा बरामद भएको छ ।
गौतमपुरबाट हरिनगरतर्फ जाँदै गरेको प्र १–०२–००४ ह ५६३९ नम्बर सिटी सफारीमा प्लाटिकका आठ वटा बोरामा राखिएको गाँजा बरामद गरिएकाे हाे ।
जिल्ला प्रहरी कार्यालयका उपरीक्षक केशवकुमार थेबेले गाँजा बरामद गरिएकाे जानकारी दिए ।