November 7, 2026, Saturday
२०८३ कार्तिक २२
1:37:26 pm

मनकामना दर्शन गरेर फर्केको ईभी माइक्रो दुर्घटनामा

२०८२ फाल्गुन ३०

गोरखा । मनकामना दर्शन गरेर फर्केको ईभी माइक्रो दुर्घटनामा परेको छ ।

बागमती प्रदेश ००६ ख ८४३० नम्बरको उक्त माइक्रोमा १४ जना सवार रहेको थियो । जसमा ६ जनाको मृत्यु भएको प्रहरीले जनाएको छ ।

शनिबार गोरखाको शहीदलखन गाउँपालिका–३ कनटारमा मनकामनाबाट फर्कंदै गरेको माइक्रो बस सडकबाट करिब २ सय मिटर तल खसेको थियो ।

Advertisement

प्रहरीका अनुसार, घटनास्थलमा ६ जनाको मृत्यु भएको र अन्य ८ जनाको उद्धार गरिएको छ ।

अहिले घटनास्थलमा प्रहरी र स्थानीय उद्धारमा खटिएका छन् ।

दुर्घटनाबारे विस्तृत विवरण आउन बाँकी छ ।