November 7, 2026, Saturday
२०८३ कार्तिक २२
1:37:26 pm

१३२ केभी लमही सबस्टेसनको विद्युत कन्ट्रोल हाउसमा आगलागी

दाङ । १३२ केभी लमही सबस्टेसनको विद्युत कन्ट्रोल हाउसमा आगलागी भएको छ । 

नेपाल विद्युत् प्राधिकरणअन्तर्गत प्रसारण ग्रिड कोहलपुर शाखाअन्तर्गत कन्ट्रोल हाउसमा शुक्रबार आगलागी भएको हो ।

विद्युत् सर्टका कारण आगलागी भएको प्रारम्भिक अनुमान गरिएको छ । आगलागीपछि सबस्टेसनबाट हुने विद्युत आपूर्ति अवरुद्ध भएको छ ।

Advertisement

आगो नियन्त्रणमा लिने प्रयास भइरहेको प्रहरीले जनाएको छ।