ललितपुर । ललितपुरको प्रसिद्ध रातो मत्स्येन्द्रनाथको रथलाई आज चक्रबहिलबाट लगनखेलतर्फ लगिनेछ ।
जात्रामा सहभागी हुन ललितपुर र आसपासका क्षेत्रबाट ठुलो संख्यामा भक्तजनहरूको उपस्थिति रहने गरेको छ ।
वर्षा र सहकालका देवताको रूपमा पुजिने मत्स्येन्द्रनाथको यो जात्रा नेपालकै सबैभन्दा लामो जात्रा मानिन्छ ।
रातो मत्स्येन्द्रनाथको जात्रा नेपालको सबैभन्दा लामो र महत्त्वपूर्ण सांस्कृतिक उत्सवमध्ये एक हो ।