November 7, 2026, Saturday
२०८३ कार्तिक २१
1:37:26 pm

मकै रुङ्न बसेका पुरुषको बँदेलको आक्रमणबाट मृत्यु

काठमाडौं । सर्लाहीमा मकै रुङ्न बसेका एक पुरुषको बँदेलको आक्रमणबाट मृत्यु भएको छ।

जङ्गली बँदेलले आक्रमण गर्दा लालबन्दी नगरपालिका–१५ पिडखोल्सा बस्ने तुल बहादुर थिङका छोरा ३२ वर्षका प्रेम बहादुर थिङ(दावा) को मृत्यु भएको हो।

प्रहरीका अनुसार बँदेलको आक्रमणबाट गम्भिर घाइते भएका थिङको उपचारको लागि लैजाँदै गर्दा बाटोमानै मृत्यु भएको हो।

Advertisement

आइतबार साँझ खेतमा आएको बँदेल धपाउने क्रममा उनलाई बँदेलले एक्कासी आक्रमण गरेको परिवारको भनाइ छ।

प्रहरी टोलीले मध्यराति नै घटनास्थलको मुचुल्का तयार गरी शव परीक्षणको लागि प्रादेशिक अस्पताल मलङ्गवा पुर्‍याएको छ ।